नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल विजयी

दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा अखिल संयुक्तको प्यानल बिजयी भएको छ । अखिल संयुक्तका हेमन्त बञ्जाडेले ८३ मत प्राप्त गरी बिजयी भएका हुन्।

उनका निकटमत प्रतिद्धन्दी स्वतन्त्र उम्मेद्धार अजयप्रताप चोबेले ६१ र नेबिसंघका बसन्त अधिकारीले ४५ मत प्राप्त गरेका थिए। १९७ मतदाता रहेको नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद क्याम्पसमा एक सय ८९ मत खसेको थियो।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्