दाङको आदर्श ऐरावती क्याम्पसमा अखिल प्यानल निर्वाचित

दाङ–आदर्श ऐरावती बहुमुखी क्याम्पस लालमटीयामा अखिलको प्यानल निर्वाचित भएको छ ।

सभापतीमा बिष्णा भण्डारी(संगिता) १३ मतले निर्वाचित भएकी छिन् । उनले १३३ मत प्राप्त गरिन ।

नेपाल विद्यार्थी संघका भुवन भट्राईले १२० मत प्राप्त गरे । सभापतीमा विनोदकुमार सोनीले ११४ र मनोज थापाले २९ मत प्राप्त गरे ।

सचिवमा अखिल प्यानलका अशोक खनालले १७५ मत प्राप्त गरेका छन् । नेपाल विद्यार्थी संघका अरुण पौडेलले १०२, केशवराज खनालले २४ र आकाश केसीले ९५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अखिलकै टिकाराम रावतले २५८ मत प्राप्त गरेर निर्वाचित भए ।

रेजिना कुमालले ९४, सिमरन पोख्रेलले ४५ मत प्राप्त गरिन । सदस्यमा सिद्धार्थ सुवेदी(१९६), मायाँ कुमाल(१९९), फरिदा प्रविन(१८१), निमराज गौतम(२१६), विवेक घर्तीमगर(१८५) निर्वाचित भएका छन् ।

चैत ५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्