साफ च्याम्पियनसिपको १३ औँ संस्करण बेङ्गलोरमा हुने

काठमाडौँ – आगामी असोजमा हुने साफ च्याम्पियनसिपको १३ औँ संस्करण भारतको बेङ्गलोरमा आयोजना हुने तय भएको छ।
भारतमा आयोजना हुने भनिएपनि कुन शहरमा आयोजना हुने भन्ने तय भएको थिएन। जसको तय अल इन्डिया फुटबल फेडेरेशनले गरेको हो।
प्रतियोगिता आउँदो जुन २१ देखि जुलाई ३ तारीख (असारज ६ देखि १८ गतेसम्म) आयोजना हुने छ।
प्रतियोगितामा दक्षिण एसियाली राष्ट्रहरुको सहभागिता रहने गरेको छ। सहभागि टोलीलाई दुई समूहमा विभाजन गरि प्रत्येक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेपनि अघिल्लो संस्करणमा भने थौरै टिमको सहभागिताका कारण राउन्ड रोविनको आधारमा शीर्ष २ मा रहने टिमबिच फाइनल खेल भएको थियो।
तर यो पटक भने सबै ७ देशकै सहभागिता रहने तय भएकाले दुई समूहमानै विभाजन गरेर प्रतियोगिता खेलाइने एआईएफएफले जानकारी दिएको छ।
भारतले चौँथो पटक साफ च्याम्पियनसिपको आयोजनाको अधिकार पाएको हो। भारत सर्वाधिक सफल टिम समेत हो। डिफेन्डिङ च्याम्पियन भारतले १२ संस्करण मध्ये सर्वाधिक ८ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ।