यु-१७ महिला साफ च्याम्पियनसिप: भारतविरुद्ध भिड्दै नेपाली किशोरी टिम

काठमाडौँ- बंंगलादेशमा हुन लागेको साफ यु-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार भारतसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुवात गर्दैछ।

नेपाली किशोरी टोली पहिलो खेलमा उपाधि दाबेदार भारतसँग भिड्न लागेको हो। नेपाल र भारतबीचको खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा नेपाल भारतलाई हराउँदै आफ्नो उपाधि दाबेदारी पहिलो खेलबाटै कायम गर्ने प्रयासमा रहेको छ। भारत पनि तुलनात्मक रूपमा बलियो मानिएको नेपाललाई हराएर सुखद सुरुवातका लागि मैदानमा उत्रिने छ।

सोमबार नै हुने दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र आमन्त्रित टोली रसियाको सहभागिता रहेको छ।

यस्तै, नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्दा २६ मार्चमा रुससँग खेल्ने छ। त्यस्तै, नेपालले आफ्नो अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग २८ मार्चमा प्रतिस्पर्धा गर्ने छ। सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ।

नेपाली टोली:

गोलकिपरः सुजता तामाङ, राधिला ओली, करुण बुढाथोकी

डिफेन्डरः अञ्जना पुन मगर, प्रेणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु चबेगु

मिडफिल्डरः माया मास्के, दीपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्डः दीपा रोकाया, वर्षा ओली, सेनु परियार

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्