मोटरसाइकलको ठक्करबाट सप्तरीमा साइकलयात्रीको मृत्यु

सांकेतिक तस्बिर।

जनकपुरधाम- मोटरसाइकलको ठक्करबाट सप्तरीमा एकजना साइकलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका ८ निवासी ५५ वर्षीय मो.इब्राहिम मियाँ रहेका छन्।

आइतबार साँझ जिल्लाको खडक नगरपालिका ८ भदियास्थित बिसनपुर बोदेबर्साइन सडकखण्डमा स १० प ३५२४ नम्बरको मोटरसाइकलले मियाँलाई ठक्कर दिएकाे जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले मोटरसाइकलले साइकललाई पछाडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएका मियाँको उपचारका लागि विराटनगरतर्फ पठाइएकोमा राति करिब पौने १० बजे बाटोमै मृत्यु भएको जानकारी दिए।

यस्तै, मोटरसाइकल चालक सोही नगरपालिका ७ कल्याणपुर बस्ने १९ वर्षीय अफ्रोज मियाँ र पछाडि सवार २० वर्षीय मो. सनाबुलको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्