प्रधानमन्त्री दाहाल विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गर्दै

तस्बिर: बर्षा शाह/देशसञ्चार।

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव प्रस्तुत गरिरहेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उनले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रस्ताव प्रस्तुत गर्न सुरु गरेका हुन्।

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रस्ताव पेश गर्ने प्रावधान छ ।

त्यस अवसरमा उनले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरूसँगको गठबन्धन सरकार टुट्न पुगेको बताए।

हेर्नूहाेस् लाइभ :

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्