नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्छः गभर्नर अधिकारी

फाइल तस्बिर।

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबैभन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताएका छन्।

सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्वव्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतनामूलक कार्यक्रममा बोल्दै उनले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबैभन्दा बढी खर्च गर्ने प्रवृति रहेको बताए।

उनले मुद्रालाई बचत गर्न जरुरी रहेको भन्दै बचतबाट नै आम्दानी बढ्ने दाबी गरे। गभर्नर अधिकारीले मानिसहरुसँग भएको रकम बचत नगरे पनि खर्च हुने भन्दै बचत गर्न अनिवार्य रहेको बताए।

उनले राष्ट्रिय बचतको अनुपातको आधारमा हेर्दा बचतको रेट कमजोर रहेको जानकारी दिए। त्यस्तै, गनर्भर अधिकारीले शेयरमा लगानी गर्नुपनि बचत भएको भन्दै शेयरमा थोरै लगानीले पनि धेरै आम्दानी गर्नसक्ने बताए। उनले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बचत योजनामा १० वर्षमा दोब्बर बन्ने योजना रहेकोसमेत बताए।

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्