नेपाल-भारत मिलत परिषद् केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान (तस्बिरसहित)

काठमाडाैँ- नेपाल-भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ।
परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो।
आउँदो बिहीबारबाट सुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरू व्रत बस्नुपर्ने भएकाले व्रत सहजताका लागि सहयोग उपलब्ध गराएको हो।
नेपालस्थित भारतीय दुतावासको सहयोगमा आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई व्रत सहजताका साथ सम्पन्न गर्नका लागि रमजान, इफ्तार
प्याकेज वितरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए।
उनले सोमवार परिषद्को तर्फबाट काठमाडौँमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान गरिएको
बताए।
रमजान व्रतको अवसरमा मुस्लिम परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेपनि अन्य बेलामा भने परिषद्ले सबै समुदायलाई समेटेर खाद्य सामग्रीहरू वितरण गर्दै आएको अध्यक्ष अन्सारीकाे भनाइ छ।
उनले भूकम्प, कोभिड १९ लगायतका विपद्का बेलामा पनि संस्थाले आर्थिक अवस्था कमजोर भएकाहरूका लागि सहयोग गर्दै आएको पनि बताए।