दाहाललाई पाैडेलको प्रश्न: बालुवाटारबाट बालकोट पुगेको दुई महिना नबित्दै किन सहकार्य टुंग्याउनुभयाे?

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णप्रसाद पौडेलले नेकपा एमालेसँग सहयात्रा टुंग्याउनुको जवाफ माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमालेसँग सत्ता सहयात्रा टुंग्याउनुको कारण माग गरेका हुन्।

उनले राजनीतिक दलहरुसँग सहयात्राको विश्वास गर्न लायक काम प्रधानमन्त्रीले नगरेको आरोप लगाए।

उनले पुस १० अघिकै गठबन्धनमा जानु थियो भने किन बालुवाटारबाट बालकोट जानुभयो? भन्दै प्रश्न गरे।

उपाध्यक्ष पाैडेलले भने, ‘प्रधानमन्त्रीज्युले प्रधानमन्त्री पाउनका लागि बालुवाटारबाट बालकोट पुग्नुभयो। फेरि नेकपा एमालेसँग सहकार्य भएको दुई महिना नबित्दै एमालेसँगको सहकार्य किन टुंग्याउनु भयो? यसमा के कारण थियो? अहिले त प्रधानमन्त्रीले यसको जवाफ नदिनुहोला तर इतिहासले यो प्रश्न सधैँ सोधिरहने छ।’

उनले नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसक्ने पनि स्पष्ट पारे।

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्