उपराष्ट्रपति यादवलाई भारतीय समकक्षी धनखरको बधाई

उपराष्ट्रपति रामसहायप्रसाद यादव। फाइल तस्बिर।
काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई भारतका उपराष्ट्रपति तथा भारतको राज्यसभाका अध्यक्ष जगदीप धनखरले बधाई तथा शुभकामना दिएका छन्।
उपराष्ट्रपति धनखरले आज सामाजिक सञ्जालमार्फत् नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई दिएका हुन्।
उपराष्ट्रपति धनखरले दुई देशबीचको बहुआयामिक सम्बन्ध तथा जनस्तरको सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउन सँगै काम गर्न चाहेको सन्देशमा उल्लेख गरे।
यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका यादवले राष्ट्रपति कार्यालय शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथलगत्तै उपराष्ट्रपति यादवले उपराष्ट्रपतिको कार्यालय हरितगृह, लैनचौर पुगेर पदबहाली गरेका छन्।