सरकारले नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन प्रतिपक्षमा उभिन्छौँः रास्वपा सांसद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्याल। तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूहरुको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गर्नुपरेको जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोरप्रसाद अर्यालले आफूहरु सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्दाहरु रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री दाहाललाई फेरि पनि विश्वासको मत दिन लागिएको बताए।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले सरकारले जे गर्दा पनि ठीक हो भन्नका लागि आफूहरुले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पारे।

उनले भने, ‘सरकारलाई हामीले दिएको समर्थन भनेको सरकारले जे गरे पनि ठीक हो भन्ने कबुलियतनामा होइन। नागरिकका मुद्दामा इमान्दारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ।’

उनले आफ्नो दललाई आपत परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवादसमेत दिए।

चैत ६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्