
दाङ- नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट भएर बागी उम्मेदवारी दिएर निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुन पुनः माओवादी केन्द्रमा फर्किएका छन्।
लुम्बिनी प्रदेश संसदीय दलका नेता जाेखबहादुर महरालाई पत्र लेख्दै उनले माओवादी केन्द्र राेजेकाे जानकारी दिएका हुन्।
रुकुम पूर्व क्षेत्र नम्बर १(१) बाट निर्वाचित भएका थिए। उनले माओवादीकै उम्मेदवार तेजबहादुर वली(प्रतीक)लाई हराएका थिए।
यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए।
प्रदेशमा माओवादीकाे ११ सांसद पुगेका छन्।