भव्य नाटक गर्न खर्चिलो हुन्छ, न त राज्यको सहयोग छ: अनुप बराल

२०५० सालतिर वरिष्ठ रंगकर्मी अनुप बराल दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामा (एनएसडी) पढ्दै थिए। विश्व साहित्य पढ्नु पर्थ्याे त्यहाँ। यस्तैमा एक दिन पुस्तकालयमा विश्वप्रसिद्ध नाटककार आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्समेन’को हिन्दी अनुवाद ‘एक सपने की मौत’ किताब उनको हातमा पर्‍यो।

भारतीय रंगमञ्चका इन्साइक्लाेपिडिया भनेर चिनिने जेएन कौशलले अनुवाद गरेको किताब पढेपछि उनलाई निकै बेचैन बनायो।

पेय पदार्थ कोकाकोलाको विज्ञापनका लागि बजारले ठूला-ठूला हाेल्डिङबोर्ड लगाउन थालेको थियो। कमिसनका लागि व्यापारीहरू चिच्याएर आफ्नो सामान बेच्न थाल्दैथिए। त्यसको असर भारतीय समाजको भुइँमान्छेमा पनि पर्न थालेको नजिकबाट देखेका बरालले ‘डेथ अफ अ सेल्समेन’को किताब पढिसकेर सोंचेका थिए- यो नाटक नेपालमा पनि गर्न पाए!

‘अमेरिकी सोसाइटी बुझेको र आजको नेपाली समाज पनि बुझेको मान्छे लाग्यो विप्लप दाइ। उहाँलाई फिल्म पनि देखाएँ। नाटकलाई नेपाली माटो सुहाउँदा बनाउने काम कवि विप्लव प्रतीकले गर्नु भएपछि आँट आयो।’

सन् १९४९ अघि जति पनि नाटक लेखिन्थे, तिनमा कुलीन परिवारको कथा हुन्थ्यो। तर ‘डेथ अफ अ सेल्समेन’ पहिलो नाटक थियो, जहाँ मध्यमवर्गीय परिवारको सकस लेखिएको थियो। अनुप बरालको रुचि र नाटकको कथा मिलेपछि यो उनको सबैभन्दा मनपर्ने नाटकको रूपमा रहिरह्यो।

उनलाई यो नाटक यति मन परेको थियो कि उनले एनएसडीबाट फर्किनेबित्तिकै यसको मञ्चन गर्न चाहेका थिए। पोखराकै पुष्प आचार्यले यसको अनुवाद पनि गरेका थिए तर त्यसले मूर्त रूप लिनुअघि नै यो हरायो। उनले त्यही समयमै मधुपर्कमा यो नाटकलाई लिएर लामो लेख पनि लेखेका थिए।

नाटक निर्देशन फिल्म निर्देशनका साथै टेलिश्रृंखला दलनमा कास्टिङ डाइरेक्टरको रूपमा लामो समय काम गरेका बरालले आजको समयमा पनि घतलाग्दो कथा भन्न सकेको डेथ अफ अ सेल्समेनलाई नेपाली अनुवादका लागि अनुरोध गरे- कवि विप्लप प्रतीकलाई।

करिब ७५ वर्ष अगाडिको अमेरिकी समाजमा ठूलो हलचल ल्याउन सकेको नाटक डेथ अफ अ सेल्समेनलाई नेपाली समाजसँग मिल्दोजुल्दो बनाउनु थियो। बराल भन्छन्, ‘अमेरिकी सोसाइटी बुझेको र आजको नेपाली समाज पनि बुझेको मान्छे लाग्यो विप्लप दाइ। उहाँलाई फिल्म पनि देखाएँ। नाटकलाई नेपाली माटो सुहाउँदा बनाउने काम कवि विप्लव प्रतीकले गर्नु भएपछि आँट आयो।’

‘आजको समाज त पुरै पैसामुखी भयो। मान्छेलाई सचेत हुनै दिएन, बरु पैसा कमाउनु पर्छ, कमाउनु पर्छ मात्रै भनियो। संवेदनाको कुरा ओझेलमा पर्दै गयो। हामी विस्तारै अमानवीय हुँदै गएको लाग्छ।’

अनि त्यसपछि जन्मियो- विश्वप्रसिद्ध नाटक डेथ अफ अ सेल्समेनको नेपाली अनुवाद ‘यौटा सपनाको अवसान’। जुन नाटक चैत्र १० गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा नियमित मञ्चन हुँदैछ।

सामाजिक मुद्दालाई भव्य क्यानभाष र डिजाइनसहित मञ्चमा प्रस्तुत गर्ने निर्देशकको पहिचान बनाएका रंगकर्मी अनुप बराल ४ वर्षपछि नाटक निर्देशनमा फर्किँदै छन्। ४ वर्षअघि गरिब र निमुखाको लासमाथि राजनीति गरेर ‘भोज’ गर्ने कुत्सित राजनीतिज्ञको कथा प्रस्तुत गर्ने ‘महाभोज’को निर्देशनपछि बराल ‘यौटा सपनाको अवसान’ शीर्षकको नाटकमार्फत उही पुरानै मण्डला थिएटरको मञ्चमा प्रस्तुत हुन लागेका हुन्।

एक वर्ष कोरोना र लकडाउनका कारण रंगमञ्च केही सुस्तायो। तर रंगकर्मी बराल एक्टर स्टुडियो स्थापना र आफू निर्देशित ‘दोख’ खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’ चलचित्रमा व्यस्त रहे। दुवै फिल्मले व्यावसायिक सफलता पाउन नसकेपछि उनी नाटक निर्देशनतिरै फर्किएका छन्।

नाटक ‘कोर्ट मार्सल’मार्फत् अभिनेता राजेश हमाललाई रंगमञ्चमा भित्राउन सकेका बराल नाटकको विषयवस्तुमा मात्रै गम्भीर छैनन्, भव्य सेट र खर्चिलो नाटक बनाउन माहिर पनि छन्।

यौटा सपनाको अवसान पनि यस्तै भव्य सेट र खर्चिलो छ, जसमा निर्माताको रूपमा जोडिएका छन् अर्का रंगकर्मी गोविन्द पराजुली। नाटक तयारीको अन्तिम चरणमा पुगेका बराल भन्छन्, ‘भव्य नाटक गर्न खर्चिलो हुन्छ, त्यस किसिमको स्पोन्सर पाउन पनि गाह्रो नै छ। न त राज्यको सहयोग छ। यसपाली रंगकर्मी साथीहरूबाटै मिलिजुली यो नाटक गरिँदैछ।’

०००

हरेक मानिसको जीवनमा एउटा न एउटा सपना हुन्छ। आशा राखेर हामी यात्रा गर्छौँ। त्यो आशा पूरा नभएपछि त्यो पात्रमा विचलन आउँछ। त्यस्तो मानिसले सम्झना तथा स्मृतिमा बाँच्न पर्ने अवस्था आउँछ। र प्रतिभाशाली व्यक्ति पनि एक्लै-एक्लै केही गर्न नसक्ने समयमा पुग्छ। अथवा मेहनत गर्‍यो भने सफल भइन्छ भन्ने प्रचलित भनाइ छ। तर कहिलेकाहीँ मेहनतको फल पाइँदैन।

नाटकले पूँजीवाद सिर्जित पारिवारिक विखण्डनको कथा भन्छ, जुन आजको नेपालको हर घरको कथा हो। त्यसैले नाटक हेरिरहँदा अहिलेको समाज पनि अनुभूत गर्न पाइने र यही कारण पनि नाटक हेर्न आउन बरालको निम्ता छ। दर्शकलाई राम्रो नाटक पस्कने उनको अठोटले बताउँछ।

एउटा व्यापारीले चिच्याएर आफ्नो सामान बेचेझैं आफैंले आफूलाई चिनाउन चिच्याउनु पर्ने समाजमा छौँ हामी। नेपाली समाजमा पनि कमिसनमा बाँच्न विवश व्यापारीहरू छन्, जसले आशा र निराशाबाट गुज्रिनु परेको छ।

‘हाम्रो समाजमा बढ्दो सहरीकरण, समाज र परिवारमा ल्याउने विचलन र पात्रमा आउने विचलनले मलाई लालायित गरेको हो। हामीले त्यही चिजलाई महसुस गरिरहेको छौँ जुन अमेरिकी समाजमा ७५ वर्ष अगाडि घटित थियो। रचनाकारको सामर्थ्यले पनि लालायित गरेको हुनुपर्छ मलाई’, रंगकर्मी बरालले भने।

सन् १९४९ मा प्रख्यात रहेको यो नाटक गर्न खोज्नु बरालको रहर मात्रै नभएर समय सान्दर्भिक पनि हो। घतपर्दो कथामा काम गर्नुको मजा बेग्लै त हुन्छ नै, अझ त्यसले पार्ने छापको अनुभूति शब्दमा बयान गर्न बराल अलमलिन्छन्। चरित्र र कथाको आत्मा ग्रहण गरे पनि नाटकलाई नेपाली सन्दर्भमा जोडेर प्रस्तुत गर्न लागिएको बराल बताउँछन्।

उनी भन्छन्, ‘आजको समाज त पुरै पैसामुखी भयो। मान्छेलाई सचेत हुनै दिएन, बरु पैसा कमाउनु पर्छ, कमाउनु पर्छ मात्रै भनियो। संवेदनाको कुरा ओझेलमा पर्दै गयो। हामी विस्तारै अमानवीय हुँदै गएको लाग्छ।’

केही समयअगाडि संसद भवनको अगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु समाजमा अमानवीयता बढ्दो मात्रा पनि हो। आचार्यजस्ता युवाले आत्मदाह गर्नुको पछाडि अहिलेको पूँजीवाद समाजले व्यापारी बनाएको छ तर व्यापारबाट उकासिन अवरोध पनि खडा गरेको छ। आजको भौतिकवादी समाजमा व्यापारीलाई व्यापार गर्न लगाएर मानवीय संवेदना खोसिरहेको छ।

यौटा सपनाको अवसान नाटकको तयारी र आचार्यको घटना संयोग मान्दै बराल भन्छन्, ‘हो, हामीले भर्खरै प्रेमप्रसाद आचार्यको आत्मदाहको दृष्य देख्यौँ। उनको आत्मदाहले हाम्रा धेरै सत्य र सपनामाथि बहस छेडेको छ। तर दुवै कुरा हाम्रो वरिपरि घटिरहेका घटनाका प्रतिनिधि हुन्। मञ्चमा हामीले सपनाको मूल्य चुकाउन बाध्य यस्तै चरित्रलाई जीवन्त बनाउने तयारी गरिरहेका छौँ।’

यो नाटक जुन कालमा लेखियो त्यो समय थुप्रै नाटककारले नाटक लेखे। तर पहिलोपटक यो आर्थर मिलरले भुइँमान्छेको कथा लेखे। राजा महाराजाको कथा हुन्थ्यो। कुलीन परिवारको कथा हुन्थ्यो। पहिलो नाटक यो हो जसले भुइँमान्छेबाट मुख्य पात्र बनाएर ल्याइयो।

एक रंगकर्मीको नाताले नाटक नै सपना देखेका बराल अमेरिकी समाजमा बाँचेको ‘विली लोमन’लाई नेपाली समाजमा ल्याउँदा प्रताप कार्कीको सपना देख्न सक्छौँ। अनुप बराल दुवैलाई देशको आर्थिक अवस्था र नाटकको विषयवस्तु ठ्याक्कै मिलेकोमा खुसी लागेको बताउँछन्।

नाटकले पूँजीवाद सिर्जित पारिवारिक विखण्डनको कथा भन्छ, जुन आजको नेपालको हर घरको कथा हो। त्यसैले नाटक हेरिरहँदा अहिलेको समाज पनि अनुभूत गर्न पाइने र यही कारण पनि नाटक हेर्न आउन बरालको निम्ता छ। दर्शकलाई राम्रो नाटक पस्कने उनको अठोटले बताउँछ।

नाटकले सपनाको अवसान हुने कथा प्रस्तुत गरे पनि निर्देशक अनुप बरालका लागि यो नाटक वर्षौँदेखि देखिआएको सपनाको मूर्तता हो।

समाजमा युवाहरू कतै न कतैबाट प्रताडित छन्। राजनीतिक अस्थिरता, नश्लवादी चेतना, जातीय विभेद, सामाजिक विभेद, वर्गीय विभेदलगायत तमाम समस्याग्रस्त नेपाली समाज, जहाँ युवाहरू पलायन हुन बाध्य छन्। केही गरौँ भने पनि पलायन हुनुपर्छ।

डेथ अफ अ सेल्समेनको नेपाली अनुवादका लागि आठौँ पटकसम्म पुर्नलेखन गरिएको बताउँछन् उनी। सुक्ष्म रूपमा आजको पूँजीवादी समाजले भुँइपात्रलाई सबैभन्दा बढी असर पारेको छ। पूँजीपतिका लागि मात्रै बनेको आजको व्यापारिक संसारमा भुइँमान्छेको समस्या ज्यूका त्यूँ छन्। यसलाई न्युनीकरण गर्न राजनीतिबाट मात्रै सम्भव देख्छन् बराल।

आफ्नो काम गर्न देखेको सपना पनि पूरा गर्न गाह्रो भयो। ‘विली लोमन’ अर्थात् प्रताप कार्कीको आत्मारतिमा रमाउन विवश हुन्छ। कहिलेसम्म दिग्भ्रम भएर बाँच्ने त? कहिलेसम्म समर्पित गर्नु आफूलाई?

‘समर्पित भएर पनि सपना पुरा हुँदैन नि, अनि प्रेमप्रसाद जस्ता युवाले आत्मदाह गर्न विवश हुन्छन्’, उनले भने।

७५ वर्ष अगाडिको समाज नेपालमा अहिले नभए पनि संवेदना भने अहिले पनि छ भन्ने लाग्छ बराललाई। मानसिक तनाव अहिले पनि छ भन्ने लाग्छ। उनी भन्छन्, ‘यो सय वर्ष पनि रहन्छ जस्तो लाग्छ।’

उनी एउटा किस्सा जोड्छन्- यो नाटक जुन कालमा लेखियो त्यो समय थुप्रै नाटककारले नाटक लेखे। तर पहिलोपटक यो आर्थर मिलरले भुइँमान्छेको कथा लेखे। राजा महाराजाको कथा हुन्थ्यो। कुलीन परिवारको कथा हुन्थ्यो। पहिलो नाटक यो हो जसले भुइँमान्छेबाट मुख्य पात्र बनाएर ल्याइयो।

बराल नाटकको एक सन्दर्भ जोड्छन्, ‘नाटकमा मन परेको पात्रलाई उपहार दिने चलन थियो। सिल्कमा बनेको वस्तु दिनु भनेको कुलीन हुनु थियो ७५ वर्ष अघिको अमेरिकी समाजमा। अब आजको नेपाली समाजमा ल्याउँदा के हुन्छ त भन्दा हाम्रो समाजसँग जोड्दा गाह्रो छ। केही अप्सनहरू खोजेर बनाएको छौँ।’

बरालका अनुसार नेपालीकरण गर्दा अमेरिकी सिभिल वारलाई नेपालको झापा विद्रोहसँग जोडिएको छ। यो वियोगान्त नाटकलाई सन् १९४० को दशकको उत्तरार्द्धतिरको समयमा सेट गरिएको छ। नाटकले मोन्टाजमार्फत् नायक विली लोमनका सम्झना, भ्रम, सपना र तर्कबारे बताउँछ।

कुनै समय नाटक हेर्न थिएटर घर पुग्नुपर्थ्याे भने अहिले भिडियोमार्फत् घरमै बसेर विश्वको नाटक हेर्न सकिन्छ। ओटिटी प्लेटफर्म आइसक्यो। प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली नाटक मञ्चनका लागि पुग्न सक्नुपर्थ्याे तर कमजोर विषयवस्तुको उठान हुनाले नाटक अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन नसकिएको स्वीकार्छन् बराल। त्यसको लागि नाटक लेखन नै हुन जरुरी देख्छन् बराल।

केही समालोचकले यसलाई २० औँ शताब्दीको महान् नाटकमध्ये मान्छन्। आफ्नै भाषा र शैलीमा अनुवाद गरी विभिन्न देशमा, विभिन्न समयमा संसारभर मञ्चन गरिएको थियो।

डेथ अफ अ सेल्समेनको नेपाली अनुवादका लागि आठौँ पटकसम्म पुर्नलेखन गरिएको बताउँछन् उनी। सुक्ष्म रूपमा आजको पूँजीवादी समाजले भुँइपात्रलाई सबैभन्दा बढी असर पारेको छ। पूँजीपतिका लागि मात्रै बनेको आजको व्यापारिक संसारमा भुइँमान्छेको समस्या ज्यूका त्यूँ छन्। यसलाई न्युनीकरण गर्न राजनीतिबाट मात्रै सम्भव देख्छन् बराल।

‘जति पनि नेता हुनुहुन्छ जनताको काम गर्न भनेर जाने तर आफ्नो परिवारलाई कसरी समृद्धि गर्नेतिर लागे। उनीहरू आम जनतासम्म पुगेनन्। मलाई जे फाइदा छ त्यो काम गर्ने भइयो। पूँजीवादको अर्को तरिका सर्भाइभ हुनु हो। सर्भाइभ हुन मान्छेले आफ्नैबारे मात्रै सोच्छन्’, उनी जोड्छन्, ‘मान्छेले जसलाई बेच्न सक्छ उनै शक्तिशाली व्यापारी हो। पात्र पनि त्यस्तै छ, तर के बेच्छ भन्ने छैन। ऊ शक्तिशाली बन्न कोसिस गर्छ।’

नाटक विधातर्फ पुलित्जर पुरस्कार र टोनी अवार्ड जित्न सफल यो नाटक अमेरिकामा सात सयभन्दा बढी पटक मञ्चन भएको छ भने विश्वका धेरै देशमा पनि मञ्चन भइसकेको छ।

नाटकमा दीया मास्के, रोयदीप श्रेष्ठ, दिव्यदेव, विकास जोशी, शेखर चापागाईं र मेनुका प्रधानको शीर्ष भूमिकामा छन्। ‘नेपाली समाज र समयका लागि यो नाटक आज निकै सान्दर्भिक भएकाले मञ्चन गर्न लागेका हौँ,’ उनले भने।

०००

नेपाली नाटकमा शक्तिशाली नाटक मञ्चन गर्ने रंगकर्मीमा चिनिने बराल अहिलेको समय कालजयी नाटक लेखिएन भन्नेमा गम्भीर हुन्छन्। किन प्रभावकारी नाटक जन्मिएनन् आजको समयमा भन्ने आरोप रंगकर्मीलाई नै छ।

नेपाली रंगमञ्च यत्तिको फस्टाउन सकेको निजी क्षेत्रको पहलबाटै भएको हो। अझ रंगकर्म गरिरहेका युवाहरू नै खटिनु परेको छ। गैर-सरकारी संस्थाको केही जनचेतनामूलक प्रोजेक्ट नाटकका कारण निजी क्षेत्रबाट चलेको थिएटर घरले निरन्तरता पाएको छ।

पचासको दशकयता कालजयी नाटक लेखिएन। गतिलो नाटकको अभावकै कारण बराल विदेशी नाटकलाई नेपालीमा गर्न विवश छन्। नाटकको रूप, विषयवस्तु र समय एक्सपोजरहरू धेरै छन्। आजका रंगकर्मीले आफ्नो चेतनालाई पनि बढाउनु पर्थ्याे तर त्यसमा काम हुन सकेन भन्ने लाग्छ उनलाई।

कुनै समय नाटक हेर्न थिएटर घर पुग्नुपर्थ्याे भने अहिले भिडियोमार्फत् घरमै बसेर विश्वको नाटक हेर्न सकिन्छ। ओटिटी प्लेटफर्म आइसक्यो। प्रविधिको विकाससँगै अन्तर्राष्ट्रिय बजारमा नेपाली नाटक मञ्चनका लागि पुग्न सक्नुपर्थ्याे तर कमजोर विषयवस्तुको उठान हुनाले नाटक अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन नसकिएको स्वीकार्छन् बराल। त्यसको लागि नाटक लेखन नै हुन जरुरी देख्छन् बराल।

उनी भन्छन्, ‘राम्रो नाटकका लागि शिल्पलाई निखार्ने हामीजस्ता रंगमकर्मीले नै हो। त्यो त छैन। कि साहित्यमा लागेकाहरूले गर्ने हो। हुटहुटी देखाउनु पर्ने हो। त्यसैले प्रभावकारी नाटक लेखन हुन सकेन भन्ने आरोप सत्य पनि हो।’

संसारमा सबैभन्दा गाह्रो विदा नाटक लेखन हो भन्ने लाग्छ उनलाई। धेरै विदाका सम्मीश्रण नाटकमा आउने भएकाले पनि आफूले नाटक लेखनमा हात हाल्न डराएको बताउँछन् उनी। यो डर पैदा गराउने माध्यम आजको रंगकर्ममा भएको राजनीतिकरण ठान्छन् उनी। ‘रंगकर्ममा पनि विकेन्द्रीकरणको कुरा बढी भयो’, उनले भने।

नाटकमा प्राविधिक पक्षले फड्को मारे पनि विषयवस्तु छनोटमा पहिलेका तुलनामा नयाँपन आएपनि नेपाली रंगमञ्च विकेन्द्रीकृत भएका कारण सबैलाई समेट्न नसकेकिएको बताउँछन् बराल।

‘प्रभावकारी नाटक पछाडि पर्नुको कारण हामी समावेशी हुन नसकेर हो। हामी विकेन्द्रीकृत भयौँ। राजनीतिक प्रभाव परेपछि त्यसबाट उम्किन सकिएन’,उनी भन्छन्, ‘मेची महाकालीलाई जोड्न सकेनौँ, पूर्वपश्चिमका समस्यालाई एक ठाउँमा ल्याएर हल गर्नतिर लागेनौँ। त्यसो हुँदा हाम्रा नाटकमा ओजिलो विषयवस्तु छुट्न पुगेको छ। अलिकति केन्द्रीकृत पनि भयौँ।’

०००

नेपाली रंगमञ्च यत्तिको फस्टाउन सकेको निजी क्षेत्रको पहलबाटै भएको हो। अझ रंगकर्म गरिरहेका युवाहरू नै खटिनु परेको छ। गैर-सरकारी संस्थाको केही जनचेतनामूलक प्रोजेक्ट नाटकका कारण निजी क्षेत्रबाट चलेको थिएटर घरले निरन्तरता पाएको छ।

‘जुनै पनि देशमा एउटा सत्ताको संस्कृति हुन्छ र अर्को जनताको संस्कृति हुन्छ। नेपालमा पनि अहिले सत्ताको संस्कृति गाउने मात्रै काम भयो। रंगमञ्चलाई त पार्टीको मुखपत्र जस्तो बनाएर लगियो। बरु, पञ्चायतकालमा राम्रा नाटक आएका थिए तर प्रजातन्त्र आएपछि पार्टीका कार्यकर्तालाई एकेडेमीमा भर्ती गरिन थालियो। कला र संस्कृतिलाई कोखेलामा च्यापेर कलाकारलाई पार्टीको गुणगान गाउन लगाइयो’, उनले भने, ‘धन्न मान्नुपर्छ कि, गैरसरकारी संस्थाको फराकिलो सहयोग र साथ मिलेको छ। यो साउथ एसियामै अनुशासित कुरा हो।’

बर्सेनि नाटकमा विभिन्न बजेट आउँछ। कला संस्कृति जोगाउन भनेर ठूलो ढ्याङ्ग्रो ठोकिन्छ तर कलाकार दत्तचित्त भएर रंगमन्चमा लाग्न सक्दैनन्। कम्तीमा नाटकमा आउने बजेटलाई नाटक लेखनको कार्यशाला गर्न सके पनि धेरै हुन्छ। सत्ताको संस्कृतिले कला नचिन्दिएपछि प्रोजेक्ट नाटक गर्नुपर्ने अवस्था छ। यस्तो किन हुन्छ त?

बराल भन्छन्, ‘पहिलो कुरा त जनशक्तिको अभाव छ। स्कुलिङ छैन नाटकको, यसका लागि विश्वविद्यालय चाहिन्छ। त्यो कसले सोचिदिने? सत्ताले भने रंगकर्मीलाई राजनीति गर्न सिकाउन थालेपछि नाटक लेखन प्रतिभा मात्रै हराउँदैन, भएका रंगकर्मी पनि छुट्दै जान्छन्।’

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्