प्रदेश भौतिकमन्त्री देउवाको निर्देशन– तत्काल लालपुर्जा वितरण गर्नुहोस्

धनगढी – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले तत्काल लालपुर्जा बितरण गर्न निर्देशन दिएका छन् ।
भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्याय र पदाधिकारीसँग बुधबार मन्त्रालयमै छलफल गर्दै मन्त्री देउवाले प्रकृया पूरा गरेर जतिसक्दो चाँडो भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण गर्न निर्देशन दिएका हुन्।
उनले भने, ‘जग्गा नाप नक्सा र अन्य कार्य तीब्र गतिमा अघि बढाई लालपुर्जा बितरणको कार्य तत्काल सुरु गर्नुहोस्’ उनले भने । मन्त्री सँगको भेटपछि आयोगका अध्यक्ष उपाध्यायले प्रकृया अघि बढिरहेको र अब अझै तीब्रता दिइने बताए।