नेपाललाई पहिलो हाफमा १ गोलको अग्रता

काठमाडाैँ – नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेलमा लाओसको सामना गरिरहेको छ। घरेलु मैदानमा जारी खेलमा नेपालले पहिलो हाफमानै अग्रता लिएको छ। नेपालका लागि अन्नत तामाङ्गले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन्।

उनले ३० औ मिनेटमा एरिक विष्टको कर्नमा आकर्षक हेड गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन। अन्नतको यो करिअरको तेस्रो अन्तर्राष्ट्रिय गोल हो।

दुबै टिमले पहिलो हाफमा गोलका अन्य केही राम्रा मौका सिर्जना गरेपनि गोल गर्न भने सकेनन्। यसअघि नेपालले लाओससँग २०१६ मा नेपालले दुई पटक प्रतिस्पर्धा गरेको थियो।

पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा लाओससँग भिडेको थियो।

यी दुई टिमबीचको यो तेस्रो भेट हो। पहिलो खेलमा १–१ गोलको बराबरी भए पनि दोस्रो पटक एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो। उक्त प्रतियोगिता नेपालले जितेको थियो। मकाउलाई हराउँदै नेपालले उपाधि जितेको थियो।

यसअघि नेपालले गत डिसेम्बरमा पाकिस्तानविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो। जुन खेलमा नेपालले १–० को जित निकालेको थियो।

चैत ८, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्