सिमेन्ट उद्योगको मूल गेटमा कालो ब्यानर टाँगेर धर्ना

दाङ- दाङमा सम्राट सिमेन्ट उद्योगका कारण बस्तीमा असर परेकाे भन्दै दुई घण्टा धर्ना दिइएको छ। संघर्ष समितिको घाेषित कार्यक्रमअन्तर्गत उद्योगको मूल प्रवेशद्वारमा कालो ब्यानर टाँगेर धर्ना गरिएको हो।

संघर्ष समितिका संयाेजक भगवानदिन यादवको नेतृत्वमा स्थानीयहरू धर्ना बसेका हुन्।

उद्योगका कारण धुलाे, धुवाँ र ध्वनि बढेकाले बस्ती विस्थापित हुने जाेखिममा रहेकाे बनगइ टाेल समितिका अध्यक्ष शेरबाहादुर बुढाले बताए।

लमही नगरपालिका काे पहलमा समस्या समाधानकाे लागि यही ११ गते स्थानिय, कम्पनी र सम्बन्धित निकायकाे संलग्नतामा सहमति कार्यान्वयनकाे विषयमा छलफल राखिने भएको छ।

सहमति हुन नसके १२ गतेदेखि अनिश्चितकालीन आन्दाेनकाे सुरु हुने संघर्ष समितिका संयाेजक भगवानदिन यादवले चेतावनी दिए।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्