माई खोलाको आइपीओ भर्ने अन्तिम दिन आज

सांकेतिक तस्बिर ।

काठमाडौँ – माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने बिहीबार अन्तिम दिन रहेको छ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले आज चैत ९ गते बिहीबार बैंकिङ समयसम्म मात्र यसमा आवेदन दिन पाउनेछन्।

कम्पनीले फागुन २५ गतेदेखि इलाम जिल्लाका स्थानीयलाई जारी पुँजीको १०% अर्थात ३ लाख ९२ हजार १५७ कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १०% अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयर बिक्री खुला गरेको हो।

बिहीबार बैंकिङ समयपश्चात दुवै समूहको आवेदन बन्द हुने कम्पनीले जानकारी गराएको छ। कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउने ‘एनपी डबल बी प्लस रेटिङ’ प्रदान गरेको छ।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्