व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौँः नेता पाण्डे

राजेन्द्र पाण्डे। फाइल तस्बिर।

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन्।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उपाध्यक्ष पाण्डेले नेपालीहरू स्वदेशी उत्पादनभन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै‍ सामुदायिक रेडियोहरूले‍ स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौँ व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरूले स्वेदशमा नै उत्पादित सामग्रीहरूको प्रयोग बढाउनुपर्ने बताए।

उपाध्यक्ष पाण्डेले भने,  ‘सामुदायिक रेडियोहरूलाई बचाइराख्नुपर्छ। यसमा साथ सहयोग दिन म तयार छु। रेडियोसँग सम्बन्धित ऐन बनाउँदा यो ऐनबाट तपाईंहरूलाई माया गर्नुपर्ने ठाउँ खोज्दा म त्यसको साथमा अग्र पंक्तिमा रहनेछु। आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ। हामी व्यापार घाटामा खर्बौँ रपैयाँ घाटामा जाने गर्दछौँ। हाम्रो आफ्नो उत्पादन‍ हामी वृद्धि गर्न सक्दैनौँ। विदेशी उत्पादन प्रयोग गर्छौँ तर सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ।’

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्