अहिलेको परिस्थितिअनुसार सञ्चार नीति बनाउनु पर्छः पृथ्वीसुब्बा गुरुङ

फाइल फोटो।

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सरकारले सामुदायिक रेडियोको लागि छुट्टै कानुन बनाउनुपर्ने बताएका छन्।

बिहीबार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापक समावेशी लोकतन्त्रको सिद्धान्तमा टेकेर सरकारले सामुदायिक रेडियोको संरक्षणका लागि सञ्चार नीति बनाउनुपर्नेमा जोड दिए।

उनले अहिलेको परिस्थितिअनुसार नीतिहरु निर्माण हुनुपर्नेमा जोड दिए। उनले नेपालको सञ्चार नीति बदलिँदो परिस्थितिअनुसार नरहेको बताए।

उनले सञ्चार नीतिमा टेकेर सामुदायिक रेडियोको लागि मात्रै सरकारले कानुन ल्याएमात्रै सामुदायिक रेडियोहरु व्यवस्थित हुनसक्ने बताए। उपमहासचिव गुरुङले सामुदायिक रेडियोलाई कसरी संरक्षण गर्ने भन्नेबारेमा राज्यको विशेष भूमिका हुन आवश्यक रहेको बताए।

चैत ९, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्