मधेस सरकारले आशिफलाई पनि दुई लाख रकम दिने

फाइल तस्बिर ।

जनकपुरधाम- मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आशिफ शेखलाई दुई लाख रकम दिने घोषणा गरेको छ।

नेपालले विश्वकप लिग: २ मा तेस्रो स्थानमा कायम हुँदै विश्वकप क्वालिफायरका लागि छनोट भएपछि राष्ट्रिय टोलीमा रहेका आरिफ शेख र गुल्सन झालाई मात्र रकम दिने घोषणा गरेपछि मधेस सरकारको आलोचना भएको थियो।

अहिले आएर मधेस सरकारले आशिफलाई बेलायतको मेरिलबर्न क्रिकेट क्लबले ‘क्रिस्टोफर मार्टिन जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड’ दिएपछि प्रदेश र देशको शिर ठाडो पार्ने काम गरेको भन्दै मुख्यमन्त्री सरोजकुमार यादवले रकम प्रदान गर्ने घोषणा गरेका हुन्।

उनले आयरल्याण्डविरुद्धको टी-२० अन्तर्राष्ट्रिय खेलमा खेलभावना देखाउँदै खेलाडीलाई रनआउट नगरेपछि आइसिसीले स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ प्रदान गरेको थियो।

चैत १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्