‘राजा आऊ देश बचाऊ’ भन्नेलाई अध्यक्ष नेपालको प्रश्न: नेपालमा कुन राजा गतिला थिए?

माधवकुमार नेपाल। फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रकाे पक्षमा बाेल्नेहरूलाई कुन राजा गतिला थिए? भनेर प्रश्न गरेका छन्।

शुक्रबार काठमाडौँमा सम्पन्न एकीकृत समाजवादी निकट भूपू सैनिकको कार्यक्रमलाई सम्बाेधन बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्।

‘राजा आऊ, देश बचाऊ भनिरहेका छन्। राजतन्त्रलाई पुनर्स्थापित गर्नुपर्छ भन्नेहरू देखिरहनुभएको छ। तिनका बैठक बसेका छन्। नेपालमा कुन राजा गतिला थिए?’,अध्यक्ष नेपालले भने।

उनले राजा पक्षधरलाई प्रश्न गर्ने क्रममा पूर्वयुवराज पारस शाहलाई भाेगी भएको आराेपसमेत लगाए।

‘छोरो जोगी हो कि जस्तो लागेको छ दाह्री पालेर। नझुक्किनूस, दारी पालेर जोगी हुँदैन, त्यो भोगी हो’, अध्यक्ष नेपालले भने।

उनले राजाहरू भ्रष्टाचारबाट उन्मुक्त नभएको, सुशासनका पक्षपोषक नभएको पनि बताए।

चैत १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्