सुकुम्वासीका छोराछोरी पढ्ने नमुना विद्यालय

तुलसीपुर – २०५८ मा दाङ तुलसीपुर उपमहानगरपालिका–५ पातुखोलामा ज्ञान ज्योति आधारभूत विद्यालय सञ्चालन गरियो। स्थानीयले चन्दा सङ्कलन गरेर उक्त विद्यालयको कच्ची भवन निर्माण गरे। विद्यालय भवन नै हावाले उडायो। तर स्थानीयले हिम्मत हारेनन्। पुनः विद्यालय भवन बनाए र कक्षा सञ्चालन गरे। कक्षा ३ बाट पठनपाठन सुरु गरियो।
विद्यालय सञ्चालनमा त आयो तर शिक्षकको तलबका लागि कुनै स्रोत थिएन। गाउँलेले मुठ्ठीदान गरेर शिक्षकलाई तलब जुटाए। “मुठ्ठीदानमार्फत चालम सङ्कलन ग¥यौँ। त्यही चामल बिक्री गरेर शिक्षकलाई तलब दियौँ”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर विकले भने।
त्यही ज्ञानज्योति आधारभूत विद्यालय अहिले तुलसीपुरको आधारभूत विद्यालयतर्फ नमूना विद्यालय बनेको छ। हाल विद्यालयसँग आवश्यकता अनुसार भवन छन् भने पठनपाठन उत्तिकै राम्रो छ। नर्सरीदेखि आठ कक्षासम्मकै पठनपाठन प्रविधिमैत्री छ। नर्सरी, एलकेजी र कक्षा १ मा मल्टिमिडियाको माध्यमबाट पठनपाठन भइरहेको र उपमहानगरपालिकाले नै आधारभूत उत्कृष्ट विद्यालयका रूपमा लिएको प्रधानाध्यापक मेघराज घिमिरेले बताए।
विद्यालयमा अहिले चार सय ५० बढी विद्यार्थी छन्। “सुरुमा निकै चुनौती थियो, पहिले खोलाको बगर थियो , त्यही जग्गालाई उपयोग गरेर विद्यालय बनायौँ”, उनले भने, “अहिले चार सय ५० विद्यार्थी छन्।” प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयमा सबै भूमिहीन परिवारका बालबालिका अध्ययन गर्छन्। विद्यालयले आर्थिक अवस्था कमजोर भएका, दलित तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षा दिइरहेको छ। विद्यालयमा अधिकांश पातुखोलामा गिट्टी कुटेर दैनिकी चलाउनेका छोराछोरी छन्। घिमिरे सुरुआतदेखि नै विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत छन्। उनीसहित तीन शिक्षक सुरुआतमा कार्यरत भए पनि पछि दुई शिक्षकले छाडेर गएपछि घिमिरे एक्लैले केही समय विद्यालय हाँकेका थिए। केही समय उनले निःशुल्क काम गरे।
“सुरुमा हामीले तलब पनि दिन सकेनौँ, छ महिनासम्म निःशुल्क शिक्षकले पढाए”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकले भने, “६ महिनापछि रू एक हजार तलब तोकिदिएका थियौँ।” “नजिक स्कुल भए पनि त्यहाँ पढाउन खर्च बढी लाग्ने र भर्ना गर्न पनि समस्या हुने भएकाले स्थानीयको पहलमा सामुदायिक विद्यालय स्थापना गरिका हौँ”, अभिभावक निर्मल परियारले भने। उपमहानगरपालिकाले आधारभूततर्फको उत्कृ%E