नेपालगञ्ज नाकामा सात जनामा कोरोना संक्रमण देखियाे

नेपालगञ्ज – नेपालगञ्ज नाकामा सात जनामा कोरोना संक्रमण देखिएको छ। भारतको दिल्ली गएर फर्किएका दैलेखका चार पुरुष र तीन महिलामा कोरोना देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिए।

वलीका अनुसार, यो महिना मात्रै नेपालगञ्ज नाकामा १७ जनामा कोरोना देखिएको हाे। भारतका विभिन्न शहरमा गएर फर्किएका नेपालीको नेपालगञ्ज नाकामा कोरोना जाँच हुने गर्छ। शुक्रबार कोरोना देखिएकाहरुमा सामान्य रुघाखोकी देखिएको छ। उनीहरुलाई स्थानीय पालिकासँग समन्वय गरेर होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ।

चैत १०, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्