विराट गोल्डकप: आर्मी पहिलो खेलमा पराजित हुँदै बाहिरियो, जाउलाखेल अन्तिम चारमा

वि‍राटनगर – सडन डेथमा पराजित हुँदै विभागीय टोली त्रिभुवन फुटबल क्लब विराटनगरमा जारी विराट गोल्डकपको सातौँ संस्करणबाट बाहिरिएको छ।

शुक्रबार सहिद मैदानमा भएको दोस्रो क्वाटरफाइनलमा जाउलाखेल युथ क्लबसँग पराजित हुँदै आर्मी गोल्डकपबाट बाहिरिएको हो।

यससँगै ए डिभिजन लिगको चौँथ‍ो स्थानमा रहेको जाउलाखेल सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा दुवै टोली गोल गर्न असफल भएपछि खेल टाइ व्रेकरमा धकेलिएको थियो । यसअघि थपगरिएको अतिरिक्त ३० मिनेटको खेलमा समेत टोली गोल गर्न असफल भएपछि खेल टाइव्रेकरतर्फ अघि बढेको थियो ।

टाइव्रेकरमा दुवै टोलीका खेलाडीले समान पाच गोल गरेका थिए। त्यसपछि खेलको निर्णय सडन डेथबाट भएको थियो ।

सडनडेथमा जावलाखेलबाट सिमान्त थापा, फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिशाल तामाङले गोल गरेका थिए ।

त्यसैगरि, आर्मीबाट क्याप्टेन जिलेस्पीजङ्ग कार्की, टंक बस्नेत, टेकबहादुर बुढाथोकी, सन्तोष केसी र गोल किपर बिकेस कुथुले गोल गरेका थिए। यद्यपि अर्का खेलाडी सेसेहाङ आङदङबेको प्रहारमा बल पोष्ठबाट बाहिर हुदा आर्मी पराजित भएको थियो ।

जित हात पारेको जावलाखेलले अब पहिलो सेमीफाइनलमा घरेलु टोली विराटनगर सिटी एफसिसँग स्पर्धा गर्नेछ ।

चैत ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्