बाँदरले ढुङ्गा खसाल्दा बाटोमा हिँड्दै गरेकी महिला घाइते

सिमकोट – हुम्लाको पर्यटकीय सडक खन्ने क्रममा माथिबाट ढुंगा खस्दा एक महिला भएकी छिन्।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने ताजाँकोट गाउँपालिका- ४ मा सडक खन्ने क्रममा ४५ वर्षीय धनसरा ढकाल घाइते भएकी हुन्।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रयोगलाल ढकालले अदानचुली पर्यटन मार्ग नामको सडक खन्ने क्रममा बाँदरले माथिबाट ढुंगा खसाल्दा लागेर ढकाल घाइते भएको जाकारी दिए।
ढकालको खुट्टामा माथिबाट ढुङ्गा खसेर लाग्दा खुट्टा भाचिँएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको भएपनि थप उपचार गर्नुपर्ने भएकोले जिल्ला बाहिर स्वास्थ्य चौकीले रिफर गरेको थियो।
अध्यक्ष ढकालले तत्काल ३० हजार खर्च दिएर गाउँपालिकाको एम्बुलेन्समा नेपालगञ्जमा उपचारमा पठाइएको बताए।
उनको आर्थिक अवस्था कमजोर रहेको छ। श्रीमान महनलाल ढकाल भारतमा मजदुरी गर्दै आएका छन्।