दर्शकको साथ र मायाले उत्साहित छुः पल शाह

दाङ – अभिनेता पल शाह जन्मघर दाङ आएका छन्। जिल्लामा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनी दाङ आएका हुन। चलचित्र पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस पलाएको बताए।

दर्शकले गरेको माया र सद्भावलाई आत्मसात् गरी अगाडि बढ्ने उनको भनाइ छ। चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वागत, सम्मान तथा साक्षात्कारमा शाहले भने, ‘एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृहजिल्ला बासीले गरेको माया र साथलाई कहिले पनि भुल्दिन।’

 अभिनेता शाहले दर्शकको मायालाई आत्मसात् गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङको निवर्तमान उपाध्यक्ष लीला शाह, सचिव आर के शीतल, सहसचिव दीप्ति शिखा चौधरी, चलचित्र पत्रकार संघ दाङ का सल्लाहकार शरद रेग्मीलगायतले उपस्थिति थियो। कार्यक्रम को सहजीकरण संघको सचिव निरला अर्यालले गरेकी थिइन्।

चैत ११, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्