अमेरिकाको मिसिसिपीमा आँधी आउँदा २६ जनाको मृत्यु

अमेरिकाको दक्षिणी राज्य मिसिसिपीमा आएको घातक आँधीका कारण हालसम्म २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

आँधी रोकिएपछि यहाँ राहत र उद्धारको काम भइरहेको छ।

यसैबीच, अलाबामा र जर्जियाका धेरै भागहरूमा आइतबार बिहानका लागि थप आँधी र असिनाको पूर्वानुमान गरिएको छ।

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले यस प्रकोपबाट भएको विनाशलाई ध्यानमा राख्दै आपतकालीन अवस्था घोषणा गरेका छन्।

आँधीले धेरै ग्रामीण क्षेत्रलाई तहसनहस बनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मिसिसिपीबाट आएका तस्बिरहरूलाई ‘हृदयविदारक’ भनेका छन् र उनको सरकारले यस प्रकोपबाट पुन: प्राप्ति गर्न सक्दो सहयोग गर्ने बताएका छन्।

शक्तिशाली आँधीले धेरै दर्जनौँ- भवनहरू ध्वस्त पारेको छ।

हावाहुरीका कारण धेरै ठाउँमा गाडी पल्टिएका छन् भने बिजुलीका पोल तथा तारहरु ढलेका छन्।

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्