प्रि-ओपन सेसन: सामान्य अंकले बढ्यो नेप्से

सांकेतिक तस्बिर।
काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेर १९१५.३२ अंकमा कायम भएको छ।
यस अवधिमा १६ लाख ७४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १९ कम्पनीको १६ सय २ कित्ता सेयर खरिदबिक्री भएको छ।
यस सेसनमा कुल ४० वटा कारोबार भएको हो। १२ कम्पनीको भाउ बढ्दा ५ वटाको भने मूल्य घटेको छ।
बाँकी कम्पनीको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन।