विद्युत सवस्टेशनबाट तामाको तार चोरी गरेको आरोपमा भारतीय युवक पक्राउ

जनकपुरधाम – सर्लाहीमा निर्माणाधिन विद्युत सवस्टेशनबाट तामा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत बिहारको मोतिहारीका १९ वर्षीय साजनकुमार सोनी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
आइतबार बिहान करिब ९ बजे सर्लाहीको बलरा नगरपालिका–८ स्थित हुलाकी मार्गको बालुवा भारमा परालभित्र लुकाइछिपाइ १६ वटा बोरामा राखिएको तामाको तार प्रहरीको टोलीले बरामद गरेको हो।
नजिकै निर्माण भइरहेको विद्युत सवस्टेशनमा चोरी भएको खुलेकोमा चोरी कार्यमा संलग्न रहेको आरोपमा सोनीलाई पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए।