अदालतले गर्‍यो सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम

सिमकोट – जिल्ला अदालतले सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। सर्वसाधारणका गुनासो सुनुवाइ गर्न जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा जिल्ला न्यायाधीश दिलप्रसाद सापकोटाले अदालतमा विचाराधीन मुुद्दा र अदालतले प्रवाह गर्ने कामबारे गुनासोको जानकारी लिन यो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए।

सो अवसरमा उनले अदालतमा विचाराधीन मुद्दालाई अब चाँडै टुंगोमा पुर् याउने प्रतिबद्धता व्यक्त गरे। उनले संघ तथा प्रदेश सभाको निर्वाचन र आफ्नो घरमा परेको व्यक्तिगत समस्याले जिल्ला छाड्नुपरेका कारण न्यायसम्पादनमा केही ढिलाइ भएको बताए।

विचाराधीन मुद्दा सम्पादन अगाडि नबढेपछि सेवाग्राहीबाट न्याय सम्पादन ढिलो भएको गुनासो आइरहेका बेला जिल्ला न्यायाधीश सापकोटाले हाल अदालतमा प्रक्रिया अगाडि बढेका मुद्दा जति भए पनि चैतभित्र टुंगोमा पु्र् याइने बताए।

न्याय सम्पादन चाँडो गरेर पीडितलाई न्याय चाँडो दिनुु आफ्नो प्रमुख दायित्व भएको भन्दै उनले यो आफ्नो मुख्य काम भएको समेत बताए। केही प्रक्रिया मिलाउनुपर्ने बाहेक अन्य सबै खाले मुद्दालाई किनारा लगाउने गरी काम गर्न उनले कर्मचारीलाई निर्देशन दिएको बताए। अदालतका श्रेष्तेदार कमलकुमार आचार्यले हाल अदालतमा ५८ वटा मुद्दा मात्र विचाराधीन रहेको भन्दै तीमध्ये ४० वटा मुद्दाको पेशी तोकिएको बताए।

बाँकी १८ वटा मुद्दाको प्रक्रिया अगाडि बढाएर पेसी तोक्ने कार्य पनि चाँडै तोकिने भएको छ। यस वर्ष अघिल्लो वर्षबाट सरेका र यस वर्ष दर्ता भएका गरी ७२ वटा मुद्दा मात्र अदालतमा विचाराधीन थिए। कुलमध्ये चैत ५ गतेसम्म १४ वटा मुद्दाको फस्र्याेट भइसकेका छन्। अन्तरक्रिया कार्यक्रम पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावतसहित सञ्चारकर्मीले न्याय सम्पादनसम्बन्धी जिज्ञासा राखेका थिए। कार्यक्रममा वैतनिक वकिल राजन चन्दको सहभागिता थियो।

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्