अस्पताल आउने रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढे

सिमकोट – रुघाखोकी र श्वासप्रश्वाससम्बन्धीका अस्पताल आउने बिरामीको संख्या बढेको छ। हिमपात र पानी परिरहेका कारण चिसो बढ्नुु र मौसम परिवर्तनको समय भएको कारण यस्ताखाले बिरामीको संख्या बढेको हो।
जिल्ला अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले एक सातायता दैनिक अस्पताल आउने रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढिरहेको बताइन्।
उनले यस्ता बिरामी दैनिक ८० देखि ९० जनासम्म पुुग्ने जानकारी दिँदै केही जटिल खाले बिमारीलाई अस्पतालमै भर्ना गरेर उपचार गर्ने गरिएको र बाँकीलाई चेकजाँचपछि औषधि दिएर घर फिर्ता पठाउने गरिएको बताइन्। उनले १५ शय्याको अस्पतालमा बिरामी संख्या बढी भएपछि भुुइँमा राखेरसमेत उपचार गर्नुपरिरहेको जानकारी दिइन्।
हाल १२ जना बिरामी अस्पताल भर्ना भएर उपचार भइरहेको छ। अस्पताल आउने बिरामीमा वृद्धवृद्धा र बालबालिका रहेको र रुघाखोकीका बिरामी भने सबै उमेर समूहका आउने गरेका छन्।
मौसम खराब भएपछि हिमपात र पानी परिरहेका कारण चिसो निकै बढेको र मौसम पनि परिवर्तनको समय भएको मौसमी फ्लुुका बिरामी बढिरहेको हो। मौसम परिवर्तन र चिसो बढेका कारण सबै सुरक्षित रहन आग्रह गर्दै झोलिलो र तरल खानेकुरा खानसमेत उनले सुुझाव दिए।
बिरामीको संख्या बढेपछि अस्पतालमा औषधि अभाव भने नरहेको जनाइएको छ। अस्पतालमा बिरामीको चाप बढिरहेकै बेला घरघरमा पनि रुघाखोकीका बिरामी बढेको जानकारी दिँदै हेल्थ अस मेडिकल सेन्टरका एचए नारायण फडेराले सेन्टरमा पनि बिरामी आउने संख्या बढिरहेको बताए। त्यसैगरी जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि यस्ताखाले बिरामीको संख्या बढिरहेको जानकारी प्राप्त भएको छ।