राहुल गान्धीले ट्वीटरको बायोमा लेखेः ‘अयोग्य सांसद’

भारतीय  राष्ट्रिय कांग्रेसमा पूर्वअध्यक्ष राहुल गान्धीले सामाजिक सञ्जाल ट्वीटरको बायोमा ‘अयोग्य सांसद’ लेखेका छन्। आफ्नो सांसद पद खारेज भएपछि राहुलले सामाजिक सञ्जालको बायोमा ‘अयोग्य सांसद’ लेखेका हुन्।

बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानीको मुद्दामा राहुललाई दुई वर्ष जेल सजायको फैसला सुनाएको थियो। उक्त फैसलाको भोलिपल्ट शुक्रबार राहुलको सांसद पद खारेज भएको थियो।

भारतीय लोकसभा सचिवालयले सूचना जारी गर्दै राहुलको लोकसभा सदस्यता खारेज गरिएको जानकारी दिएको थियो।

राहुलले भने आफूले संसद्‌मा अडानी समूह र मोदीको सम्बन्धबारे थप बोल्नसक्ने डरले आफ्नो सांसद पद खारेज गरिएको बताएका छन्।

उनले शनिबार पत्रकार सम्मेलन गर्दै आफू संसदमा रहे पनि नरहे पनि आफ्नो लडाइँ  जारी राख्ने र भारतको लोकतन्त्रको रक्षाका लागि बोल्न नछाड्ने बताएका थिए।

राहुलको सांसद पद खारेज भएपछि कांग्रेसले देशभर आन्दोलन गरिरहेको छ।

चैत १२, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्