जनकपुरधाममा चैती छठको रौनक, साँझमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइँदै (फाेटाे फिचर)

जनकपुरधाम – जनकपुरधाममा चैती छठ मनाउन मुख्य दिन आज अर्घ्यका सामग्रीहसहित घाटमा श्रद्धालुको भीड लागेको छ।
जनकपुरधामको गंगासागरमा श्रद्धालुभक्तजनको विशेष रौनक देखिएको छ भने अन्य पोखरीमा समेत छठ मनाउनेहरु पुगेका हुन्।
कार्तिक महिनामा हुने छठ झैं चैती छठको विधि हुन्छ । यद्यपि, कार्तिकको छठ जस्तो सबैको घरमा भने चैती छठ हुने गरेको छैन।
छठको मुख्य विधि दुई अगाडिदेखि नै शुरु भए पनि अस्ताउँदै सूर्यलाई अर्घ्य दिइनेछ भने भोली उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई पारन गरेर छठ समापन हुनेछ।