अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइयो, हेर्न हजारौँको भीड (फाेटाे फिचर)

जनकपुरधाम – चैती छठको मुख्य दिन जनकपुरधामसहित तराई मधेशमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ। छठ पर्वको तेस्रो तथा प्रमुख दिन सोमबार चैती छठमा व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अ‍र्घ्य दिएका हुन्।

चैती छठ हेर्न जनकपुरधामको गंगासागर पोखरीमा हजारौँको संख्यामा सर्वसाधारण पुगेका छन्। कार्तिकमा अधिकांशले छठ पर्व मनाउने गर्छन् भने पछिल्लो समय चैती छठ मनाउनेको संख्यामा समेत वृद्धि भएको छ। सोमबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको हो भने मंगलबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिई चैते छठ समापन गरिन्छ।

चैत १३, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्