फोटो फिचर
काठमाडौँ – विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौँ आएका मिटरब्याज पीडितको काठमाडौँमा विचल्ली भएको छ। राति भइसक्दा पनि उनीहरु अहिले खुलामञ्चको गेटअगाडि बस्न बाध्य छन्।
मिटरब्याजीलाई कारबाहीको माग गर्दै उनीहरुले सोमबार काठमाडौँमा विरोध प्रदर्शनसमेत गरेका थिए। त्यसक्रममा उनीहरु खुलामञ्च प्रवेश गर्न खोज्दा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले रोक लगाएको थियो।
महानगरले खुलामञ्चमा छिर्न नदिएपछि उनीहरु अहिले पनि वीर अस्पताल अगाडिको खुलामञ्चको गेटमै बसिरहेका छन्। पीडितहरु सडकछेउमै निदाउन थालेका छन्।
उनीहरुले ओछ्याउनका लागि बोकेका म्याट, कम्बललगायतका सामान प्रहरीले बोक्न नदिएपछि उनीहरु चिसो सडकमा बस्न बाध्य भएका छन्।