कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्यो

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ।
कांगेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहान ११ बजेसम्मका लागि सरेको जानकारी दिए।
बैठक चैत १६ गते बिहीबार बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने पौडेलले बताए।