निर्माण व्यवसायी संघ कर्णालीको अध्यक्षमा विसी चयन

सिमकोट – कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको चौँथो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ।

साधारणसभाले कर्णाली प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा यामबहादुर विसी निर्विरोध चयन गरेको हो।

विगत लामो समयदेखि कर्णालीमा निर्माण व्यवसाय गदै आएका विसी निर्विरोध रूपमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत विवशकुमार बस्नेतले जानकारी दिए।

नवनिर्वाचित अध्यक्ष विसीले नयाँ कार्यसमितिले कर्णालीमा रहेका सम्प‍ूर्ण निर्माण व्यवसायीहरूको हक‍हितमा काम गर्ने बताए। उनले विशेष गरेर कर्णाली विकासका लागि सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए।

यस्तै संघको साधारण सभाबाट निर्विरोध निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुमा वरिष्ठ उपाध्याक्षमा भक्तिप्रसाद न्यौपाने, उपाध्याक्षमा राजबहादुर बस्नेत, महासचिव मानव बम, सचिवमा भरतकुमार डाँगी, कोषाध्यक्षमा प्रदीप खड्का, सहकोषाध्यक्षमा शिमिला खड्का खुल्ला सदस्यहरूमा: नवीनकुमार थापा, राजेन्द्रकुमार थापा, सूर्यबहादुर खत्री, खिमबहादुर बुढा, ङीमा छिरिङ् बुढा र पिछडिएको क्षेत्र सदस्यमा तुलाराज शाही, महिला सदस्यमा कुमारी शाही रहेका छन्।

साधारणसभा शनिबारदेखि तीन दिनसम्म सञ्चालन भएको थियो।

चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्