झन्डै दश किलो चरेससहित एक जना पक्राउ

वीरगञ्ज – नौ किलो आठ सयम ग्राम लागुऔषध चरेससहित एक जना पर्साबाट पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्साको कालिकामाई गाउँपालिका- १ तिनडुबिया बस्ने ३८ वर्षीय बृजेशप्रसाद कुर्मी रहेका छन्।
कुर्मीले आफ्नै घरमा चरेश लुकाएर राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घरमा खानतलासी गरेको थियो।
खानतलाशीको क्रममा घरको बरण्डामा खाटमुनी प्लाष्टिकले बेरिएको ५ सय ग्रामको २० पोका गरी जम्मा ९ के.जी. ८०० ग्राम लागुऔषध चरेस बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए।
चरेससहित पक्राउ परेका कुर्मीलाई अदालतबाट चार दिनको म्याद थप गराइ अनुसन्धान भइरहेको गिरीले बताए।