मधेस सरकारले फेर्यो मन्त्रालयहरुको नाम

जनकपुरधाम – मधेस प्रदेश सरकारले मन्त्रालयहरूको नाम हेरफेर गरेको छ।
मधेस प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ लाई खारेज गर्दै मधेस प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ बनाएको छ।
प्रदेश सरकारले नयाँ कार्यविभाजन नियमावली बनाएसँगै प्रदेशमा कायम रहेका केही मन्त्रालयहरुको नाम फेरिएको छ।
अब प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, गृह, सञ्चार तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय कायम भएको छ।
मन्त्रालयहरुको नाम यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत अर्थ मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय, उद्योग, पर्यटन तथा वन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा विकास मन्त्रालय, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालयसहित ११ मन्त्रालय थिए।
यस्तै, प्रदेशमा रहने मन्त्रालयहरुको कार्यजिम्मेवारी तोकिएको हो।