अन्तिम मिनेटको गोलमा भुटानसँगको हारबाट जोगियो नेपाल

तस्बिरः बर्षा शाह/देश सञ्चार।

काठमाडौँ – दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ।

नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औँ मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए। भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ। अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन्।

पहिलो हाफको १९ औँ मिनेटमा अग्रता लिएको भुटानले उक्त अग्रतालाई अन्तिम केही मिनेट जोगाउन असफल भएको थियो। तेन्जी नोर्वेले कर्नरमा आएको बललाई फ्री हेड गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएका थिए।

भुटानविरुद्ध नेपाल सधैँ हावी हुँदै आएको छ। भुटानसँगको यो नेपालको १३ औँ भिडन्त हो। अहिलेसम्म नेपाल भुटानसँग हारेको छैन। पहिलो पटक बराबरीमा रोकिन पुगेको छ।

चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्