फोटो फिचर
काठमाडौँ – भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो।
खेलमा भुटानले सुरुवाती अग्रता लिएको थियो। खेलको २० औँ मिनेटमा भुटानका तेन्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
नेपालले एक गोल फर्काउन ९० मिनेटसम्म कुर्नुपर्यो। नेपालका लागि दीपकराज सिंह ठकुरीले ९० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
भुटानसँगको बराबरीसँगै नेपाल फाइनल प्रवेश गरेको छ। नेपालले फाइनलमा लाओसको सामना गर्नेछ।