करण केसीसहित ४ क्रिकेटरलाई गण्डकी सरकारको सम्मान

पोखरा – क्रिकेटका राष्ट्रिय टोलीका खेलाडी करण केसीसहित ४ जना पोखरामा सम्मानित भएका छन्। गण्डकी प्रदेश सरकारले उनीहरुलाई सम्मान गरेको हो।

नेपाललाई एक दिवसीय विश्वकप प्रतियोगिताको छनोटमा पुर्‍याएका करणसहित यु–१९ नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउन सफल गण्डकीका ४ खेलाडी जनही ५० हजार रुपैयाँले सम्मानित भए।

बागलुङमा जन्मेर राष्ट्रिय टिमबाट खेलिरहेका करण, गुल्मीमा जन्मिएर गण्डकी प्रदेशबाट यु–१९ टिमबाट खेलिरहेका अर्जुन कुमाल, बागलुङका सुवास भण्डारी र स्याङ्जाका दीपक डुम्रेलाई सम्मान गरिएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास मन्त्री पञ्चराम तमुले सम्मान गरे।

सम्मानपछि बोल्दै केसीले किक्रेट खेल्नलाई पूर्वाधारको अभाव भएको गुनासो गरे। पूर्वाधार भएमा गण्डकी प्रदेशमा क्रिकेट खेलाडी उत्पादन गर्न सकिने उनको भनाइ थियो।

चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्