नेपाली सेनाको ‘सफा हिमाल अभियान–२०२३’ सुरु

काठमाडौँ – नेपाली सेनाको ‘सफा हिमाल अभियान–२०२३’ सुरु भएको छ।

प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच अभियानको झण्डा तथा व्यानर हस्तान्तरण गरे।

कार्यक्रममा राष्ट्रियसभा सांसद सोनाम ग्याल्जेङ शेर्पा, बौद्ध गुरु ङवाङ लोजाङ्ग यसी ग्याछोक रिन्पोचे, रक्षा मन्त्रालयका सचिव, पर्यटन मन्त्रालयका सचिव, पर्यटनसँग सम्बन्धित विभिन्न व्यक्तिहरु, सफा हिमाल अभियानका साझेदार संघसंस्थाका पदाधिकारीहरु तथा उच्च सैनिक अधिकारीहरुको उपस्थिति थियो।

अभियानअन्तर्गत करिब ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिइएको छ। नेपाली सेनाले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा सन् २०१९ देखि सफा हिमाल अभियान संचालन गर्दै आएको छ।
विश्व वातावरण दिवस (जुन ५)का दिन समापन हुने उक्त अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरणीय प्रदुषण तथा विश्व तापमानको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्