भुटानले ३९ वर्षमा तोडेको नेपालको रवाफ

संभवत यति प्रतिस्पर्धी भुटान बन्छ भनेर नेपालले सायदै सोचेको थियो। तर भुटानले आफ्नो घरेलु फुटबलमा गरेको लगानिको प्रतिफल अन्तराष्ट्रिय एरेनामा देखाउन सुरु गरेको छ।

साफ च्याम्पियनसिप पछि पहिलो पटक अन्तराष्ट्रिय फुटबलमा फर्किएको भुटानले नेपाललाई एतिहासिक रुपमा दबाबमा राख्दै खेल १-१ गोलको बराबरी खेल्यो। अर्थात भुटान अधिकांस समय नेपालमाथि हावी हुँदै जित नजिक पुगेर बराबरीमा रोकियो। भुटानका लागि बराबरीनै नेपाल विरुद्धको ३९ वर्षे अन्तराष्ट्रिय फुटबलको इतिहासमा नयाँ मानक स्थापित गर्न पर्याप्त बन्यो।

भुटानले नेपालको लगातार १२ औ खेलसम्म ब्योहोरेको हारको श्रृंखला १३ औं खेलमा अन्त गर्यो। मंगलबार साँझ घरेलु दर्शकलाई निरास पार्ने क्रममा अधिकांस समय भुटानले अग्रता बनाएको थियो। तर अन्तिम मिनेटमा नेपालको संकट दिपक राज सिंह ठकुरीले तोडे। ठकुरीले अघिल्लो खेलमा लाओस विरुद्ध डेब्यु गरेका थिए। उनी नेपाली फुटबलमा आसा लाग्दा स्ट्राइकरका रुपमा समेत उदाउन सफल भए। उनकै गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा स्थान बनायो त्यो भन्दा महत्वपूर्ण भुटानसँग एतिहासिक हार टार्यो।

भुटानले नेपालसँग साफ च्याम्पियनसिप फुटबल अन्तर्गत २० सेप्टेम्बर १९८४ मा पहिलो पटक प्रतिस्पर्धा गरेको थियो। जतिबेला नेपाल ५-० ले विजयी भएको थियो। त्यसयताका ३९ वर्ष नेपाल विरुद्ध हार टार्ननै असफल रहँदै आएको भुटानले अन्तत ३९ वर्षपछि पहिलो बराबरी खेल्यो। अब उसले नेपाल विरुद्धको जितको कीर्तिमान रच्न धेरै वर्ष कुर्नु नपर्ने संकेत दिन समेत सफल भयो।

त्यसोत यसअघि भुटान विरुद्ध नेपालको एतिहासिक प्रदर्शन रहँदै आएको थियो। सन् १९९९ को साफमा नेपालले भुटान विरुद्ध  निकालेको  ७-० को जित अहिले सम्म नेपालले कुनैपनि अन्तराष्ट्रिय टिम विरुद्ध सर्वाधिक फराकिलो जितका रुपमा रहेको छ।

त्यसोत भुटान विरुद्धनै नेपालले एकपटक ६ गोल गर्दा दुई पटक ५ गोल गरेको थियो। लगातार रवाफिलो इतिहास बनाएको नेपाल अन्तत आफ्नो खच्चकदो फुटबलमा भुटानसँग पनि कमजोर बन्दै गएको  नेपालको छवि  स्थापित भएको छ।

नेपालले भुटानको पोस्टमा अहिले सम्म कुल ४४ गोल गर्दा भुटानले भने नेपालको पोस्टमा केवल ६ गोल मात्र गरेको छ। तर भुटानले नेपालसँग पहिलो पटक आफ्नो गोलको महत्व नेपाली फुटबललाई छाड्न सफल भएको छ।

दशरथ रङ्गशालामा भुटानले १९ औ मिनेटमा बनाएको अग्रता नेपालका लागि संघर्षपूर्ण बन्न पुग्यो। तेन्जीङ नोर्वुले कर्नरमा आएको बललाई फ्रि हेड गर्दे सुरुवाती अग्रता दिलाएका थिए। जुन अग्रता भुटान अन्तिम मिनेटमा गुमाउन पुगेको थियो।

नेपालले भुटान विरुद्ध गोलका अनेकन प्रयास असफल भइरहँदा अन्तिम समयमा दिपक नायक सावित भएका थिए। नेपाललाई दोस्रो पटक समालिरहेका प्रशिक्षक भिन्सेन्जो अल्बर्टोका लागि समेत आगामि दिन सुखद नभएको संकेत भुटान विरुद्धको खेलले दिएको छ।

नेपाल पछिल्लो समय आफ्ना दर्जन बढी राष्ट्रिय खेलाडी विदेश पलायन भएसँगै फुटबल इतिहासकै कमजोर लयमा रहेको छ। साथै नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ समेत आन्तरिक किचलोमा फस्दा आगामी दिनमा झनै नेपाली फुटबल दयनिय बन्ने खतरा मडारिएको छ।

चैत १४, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्