सभ्यता जोगाउनसके लिपुलेक लिम्पियाधुरा पनि जोगाउन सकिन्छः बालेन शाह

फाइल तस्बिर।

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र(बालेन)शाहले भएका सभ्यताहरूको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताए।

बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने बताए।

उनले कामनपाले बागमती सभ्यता जोगाउन पहल गरिरहेको भन्दै सरकारले यसमा सहज बनाइदिनुपर्ने बताए। उनले पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने बताए।

उनले भने,’केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई असहज हुने गरेको छ, धेरैकुरा जोडिएको छ। बागमती सभ्यता जोगाउन खोज्दैछौँ। यो मान्छे भन्दा अघिको सभ्यता हो। त्यसको लागि हिजो मात्रै अनुरोध गरेका थिएँ, पहिला भएका सम्पती जोगाउँ, त्यसपछि लिपुलेक जोगाउँला, लिम्पयाधुरा पनि जोगाउँला।’

साथै, मेयर साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए।

उनले न्याय भनेको केन्द्रमा मात्रै पालिका पालिकामा छ भन्नेकुरालाई वास्तविकतामा उतार्नपर्ने बताए‍। उनले न्याय माग्न ११ दिन काठमाडौँ महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भुमिका खेल्ने विश्वास व्यक्त गरे।

उनले भने,’साँच्चिकै सरकार भनेको सिंहदरबारमा मात्रै नभएर पालिकापालिकामा छ, न्याय भनेको केन्द्रमा मात्रै होइन, पालिका पालिकामा छ भन्नेकुरालाई आगामी दिनहरुमा वास्तवमा नै अभ्यास गर्न सकियोस्। न्याय माग्न ११ दिन काठमाडौँ महानगरपालिकामा हिँडेर आउन नपरोस्। आफ्नै पालिकामा यस्ता न्यायहरू समाधान होस्। यसका लागि तपाईहरु जिम्मेवार पनि हुनुहुन्छ। तपाईँहरु प्रमुख भुमिकामा हुनुहुन्छ। सरकार छ भन्नेकुराको बोध गराउने भनेकै न्याय हो। पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राख्नुभयो भने साच्चिकै मेरै घर परिवारमा सरकार छ भन्ने अनुभुति हुन्छ‍।’

मेयर साहले पालिकामा नै न्यायिक समितिले मेलमिलाप केन्द्र राखेर घर, परिवारमा नै सरकार छ भन्ने अनुभुति जनतालाई दिन सक्नुपर्ने बताए।

चैत १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्