
काभ्रेपलाञ्चोक – जिल्लामा पाँच ठूला खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन्। केही भर्खरै सञ्चालनमा आएका र केहीको निर्माण अन्तिम चरणमा पुगेका छन्। सबै खानेपानी आयोजनाको स्रोत नदी–खोला हुन्। नदी–खोला किनारमा ठूलाठूला इनार बनाइ पानी सङ्कलन गर्ने र ‘लिफ्टििङ’ प्रविधिमार्फत डाँडामा पानी तानेर बस्तीमा वितरण गर्नेगरी आयोजनाका भौतिक पूर्वाधार निर्माण भइरहेका छन्।
गोर्खा भूकम्पले जिल्लामा खानेपानीका मूल सुकेपछि नदी–खोला खानेपानीको स्रोत बनेका हुन्। प्रत्येक आयोजनामा पानी प्रशोधन केन्द्रका छुट्टाछुट्टै पूर्वाधार निर्माणाधीन छन्। काभे्रपलाञ्चोकको पाँच ठूला खानेपानी आयोजनामध्ये तीन नगरका लागि सञ्चालित काभ्रे उपत्यका वृहत् खानेपानी आयोजनालाई पानी लिफ्ट गर्नुपर्दैन। त्यसमा पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव, मूलडोल तथा बनेपाको शशीपानी खानेपानीको स्रोत हो। जुन स्रोत बस्तीभन्दा माथि छन्। तीन नगरका करिब ९३ हजार उपभोक्तालाई रू एक अर्ब लागतमा उक्त खानेपानी आयोजना निर्माणाधीन छ।
आयोजनाको करिब ९७ प्रतिशत काम सकिएको जनाइएको छ। सन् २०१२ डिसेम्बर १९ मा सन् २०१५ जुन १२ मा सक्ने गरी सम्झौता भएको उक्त आयोजना ११ वर्ष बित्दा पनि सम्पन्न भएको छैन। नमोबुद्ध नगरपालिकाको ७, ८ र ९ वडालाई थालिएको काशीखण्ड वृहत् खानेपानी आयोजनाको पानीको स्रोत रोशी खोला हो। उक्त खोलाबाट लिफ्टििङमार्फत छ दशमलव पाँच किलोमिटर दूरीको डराउनेपोखरीस्थित तल्लो हटिया कालीकुवामाथि डाँडामा दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण हुनेछ।
सोही ट्याङ्कीबाट खानेपानी वितरणका योजना बनाइएको हो। रू अठार करोड ४७ लाखमा सम्झौता भएको यस आयोजनामार्फत तीन वडाका एक हजार पाँच सय घरपरिवारलाई खानेपानी उपलब्ध गराइनेछ। आयोजनाका अध्यक्ष मनोज अधिकारीले नगर क्षेत्रभित्र खानेपानीको मूल नहुँदा खोलाबाटै लिफ्टििङ गरी पानी ल्याउनुपरेको बताए। आयोजना विसं २०८१ मङ्सिर २३ गते सम्पन्न गर्ने सम्झौता भएको हो। दश वडामा खानेपानी पुर्याउने लक्ष्यसाथ सुरु गरिएको पाँचखाल वृहत सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत इन्द्रावती नदी हो।
भुम्लु गाउँपालिका–१० विमीरेस्थित उक्त नदी किनारमा इनार निर्माण गरिएको छ। सोही इनारमा सङ्कलित पानी लिप्mिटिङ प्रविधिमार्फत पाँचखाल ल्याइने तयारी छ। विसं २०७९ पुस मा सक्ने गरी २०७६ भदौ १२ गते रू एक अर्ब ३४ करोड ६६ लाखमासम्झौता भएको थियो।
पाँचखालभन्दा उच्च क्षेत्रमा खानेपानीका कुनै स्रोत नहुँदा नदीको किनारनै खानेपानीको स्रोत बनाइएको आयोजनाका उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछोले बताए। त्यसको करिब ७८ प्रतिशत काम सकिएको छ। “अहिले मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ, एक हजार सात सयका घरमा धारा जडान कार्य सकियो”, लामछिानेले भने।
आयोजनामा कलेक्टर–वेल चार, सम्प–वेल दुई, भूइँ ट्याङ्की १६, ब्रेक प्रेसर ट्याङ्की छ, पानी प्रशोधन प्लान्ट ९फ्लोकुलेटर दुई, प्लेन सेडिमेनटेसन ट्याङ्की दुई, र्यापिड–स्याण्ड फिल्टर एक०लगायतका भौतिक पूर्वाधार निर्माणाधीन छ। तेमाल क्षेत्रका ५५ हजार स्थानीयवासीलाई स्वच्छ खानेपानी घरघरमा पुर्याउने उद्देश्यले सात वर्षअघि निर्माण सुरु गरिएको तेमाल वृहत खानेपानी आयोजनाको पानीको स्रोत सुनकोशी हो। कोभिड र प्राकृतिक प्रकोपले निर्माण ढिलाइ भएको उक्त आयोजना छिट्टै सक्ने लक्ष्य लिइएको छ।
“भूकम्पपछि खानेपानीको मुहान सुकेपछि नदीलाई नै खानेपानीको स्रोत बनाउनुपरेको हो”, उनले भने। सरकार, खानेपानी विभागमार्फत रू एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा निर्माण गरी सञ्चालन गरिएको उक्त आयोजनामा खानेपानी वितरणका लागि याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई ट्याङ्की बनाइएको छ। आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टििङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन्। उक्त आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको छ।
तेइस ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप विछ््याउने तथा घरघरमा धाराका सामग्री वितरण भइरहेको छ। प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमासमेत पानी परीक्षण भइसकेको जनाइएको छ। खानेपानीको अभाव झेलिरहेको मण्डनदेउपुर नगरको घरघरमा खानेपानी पानी पु¥याउन इन्द्रावती नदीको पानी लिफ्टििङ गर्न लागिएको छ।
नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा दुईवटा समवाएल निर्माण गरी पानी खसालिने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले जानकारी दिए। नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र (ट्रिडमेन्ट प्लान) को निर्माण अन्तिम चरणमा पुगेको छ। यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा २३ वटा वितरण ट्याङ्की बनाइएको छ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको रू ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित एक अर्बको आयोजना स्वीकृत गरिएको हो। आयोजनाका लागि नगरले रू ५१ लाख ६६ हजार दिएको छ।