जुरे पहिरो पीडितले बल्ल पाउने भए आफ्नो नाउमा जम्मा भएको आर्थिक राहत

काठामाडौँ – सिन्धुपाल्चोकको जुरे पहिरो पीडितले ८ वर्षपछि बल्ल राहत पाउने भएका छन्।

२०७१ साल साउन १७ गते गएको पहिलो पीडितलाई स्वैच्छिक रुपमा सर्वसाधारणले नगद दिए पनि बैंकमा जम्मा भएर बसेको थियो।

मंगलबारको मन्त्रिपरिषद बैठकले पीडितका नाउमा जम्मा भएको रकम उनीहरुलाई नगद नै प्रदान गर्ने निर्णय गरेको हो। पहिरोमा परी १४२ जनाको मृत्यु र १५३ घर परिवार विस्थापित भएका थिए।

पहिरो पीडितका नाउमा जम्मा भएको दुई करोड २४ लाख ६६ हजार रुपैयाँ सरकराले मापदण्ड बनाएर पीडितहरुलाई वितरण गर्ने निर्णय भएको सिन्धुपाल्चोक १ का सांसद माधव सापकोटाले जानकारी दिए।

सर्वसाधरणले दिएको रातह रकम जिल्ला विपद व्यवस्थापन सिन्धुपाल्चोकको खातामा रोकिएको थियो।

चैत १५, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्