आइपीओ जारी गर्दै बन्दीपुर केवलकार

सांकेतिक तस्बिर ।

काठमाडौँ – बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आइपीओ ल्याउने भएको छ।

कम्पनीले आइपीओ निष्कासनका लागि नपाल एसबीआई मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धकसमेत नियुक्त गरेको छ।

यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो।

नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार, काठमाण्डौमा बुधबार आयोजित एक समारोहबीच नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे।

चैत १६, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्