ढुक्कसँग परीक्षा दिँदै विद्यार्थी(तस्बिरहरू)

फाइल तस्बिर।

दाङ – आज चैत १७ गते शुक्रबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भइरहेको छ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसइई परीक्षामा देशभरका करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन्। जसअनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसइई परीक्षा दिँदैछन्।

एसइई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यस्तै, लुम्बिनी प्रदेशका १२ जिल्लाका ८५ हजार तीन सय ८१ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। लुम्बिनीमा यस वर्षको एसइईमा सहभागी हुने सबैभन्दा बढी विद्यार्थी रुपन्देही जिल्लाका छन्।

रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्र छन् भने त्यहाँबाट १८ हजार ७ सय ४० विद्यार्थी सहभागी हुँदैछन्। त्यसपछि दाङ जिल्लामा ४५ वटा परीक्षा केन्द्र रहेकोमा १३ हजार ४ सय ४८ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्।

यस्तै, दाङको आदर्श नमुना माध्यामिक विद्यालय लमही- ६ मा पनि केहीबेरअघि सुरु भएको परीक्षा शान्त र मर्यादित छ।

सुरक्षा तथा अन्य व्यवस्था प्रभावकारी बनाइएको यहाँ परीक्षार्थीहरूले ढुक्कसँग परीक्षा दिइरहेका छन्।

तस्बिरमा हेर्नूहोस् एसइई परीक्षामा सहभागी विद्यार्थी:

 

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्