पूर्वराजा शाह इनरुवामा हुने नागरिक अभिनन्दनमा सहभागी हुने

फाइल तस्बिर।

मोरङ – पूर्वराजा ज्ञानेन्द्र शाह सुनसरीको इनरुवामा हुने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने भएका छन्।

नेपाल विद्धत् परिषद् पूर्वाञ्चल समितिका संयोजक बल्लभप्रसाद दाहालका अनुसार चैत्र २० गते हुने अभिनन्दन कार्यक्रम शान्तिपूर्वक हुने विश्वास लिए।

संयोजक दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीसंगको छलफलबाट अभिनन्दन कार्यक्रमका लागि तयारी अन्तिम चरणमा पुगेको बताए।

बढ्दो राजनीतिक वितृष्णासँगै इनरुवावासिले पहिलोपटक पूर्वराजा शाहलाई अभिनन्दन गर्ने अभिलाषा गरेसँगै कार्यक्रम हुन लागेको उनको भनाइ छ।

पछिल्लो केहीमहिनादेखि पूर्वराजा शाह झापामा रहँदै आएको बताएका दाहालले इनरुवामा हुने अभिनन्दन कार्यक्रममा प्रदेश र आसपासबाट कम्तीमा ३० देखि ४० हजारको संख्यामा जनताको सहभागिता रहने जानकारी दिए। इनरुवाको खेल मैदानमा हुने सो कार्यक्रमका लागि शाह सोहीदिन झापाबाट दिउँसो सडकमार्ग हुदै पुग्ने कार्यक्रम रहेको छ।

अर्कोतर्फ, सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डले कार्यक्रमका लागि अनुमति दिइ नसकेको जानकारी दिइन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रदेशमा नामाकरणको विषयलाई लिएर भएका घटनाको जानकारी गृह प्रशासनलाई गरेको जनाउँदै प्रजिअ पाण्डेले कार्यक्रमका लागि लिखित वा सैद्धान्तिक अनुमति दिने अवस्था नभएको बताइन्।

सुनसरी प्रशासनले पछिल्लोसमय बढ्दो घटनाक्रमसंगै सुरक्षा थ्रेट रहेको जनाउँदै आएको छ। कार्यक्रमका लागि आयोजक पक्षले केन्द्र सरकारसंग समन्वय गर्दै आएको छ। कार्यक्रमलाई ब्यवस्थित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रशासन र आयोजकको स्वयंसेवक खटिने बताइएको छ। प्रदेशको नामाकंनको विषयलाई लिएर गत चैत्र ५ र १४ गते कोशी नामको खारेजीको माग गर्दै आन्दोलन पक्षधरले विराटनगरमा प्रर्दशन गरेका थिए। आन्दोलनका क्रममा प्रहरीले २९ वटा अश्रु ग्यास प्रहार गरेको थियो। त्यसैगरी, आन्दोलनका क्रममा पदम लिम्बूको मृत्यु भएको र अन्य धेरै घाइते भएका छन्।

 

चैत १७, २०७९ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्